प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख
धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।
विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनमा खुला कोटाबाट भारी...































