आन्तरिक मामिला मन्त्री पराजुलीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण
धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् । गृह जिल्ला धनुकटा पुगेका वेला मन्त्री पराजुलीले प्रहरी कार्यालय निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
प्रदेशमा सुरक्षा निकाय हेर्ने जिम्मेवारी आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पर्छ । आफ्नो मन्त्रालय मातहत रहेकाले मन्त्री पराजुलीले प्रह...































