धनकुटाको सहिदभूमिमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत समावेशी बाल क्लब तथा सामुदायिक विद्यालयहरूका लागि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा चित्रकलातर्फ सबिन राई प्...






























