संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन् । वडा नम्बर १० को कार्यालय भवनको दोस्रो तलाको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

मेयर कोइरालाले महानगरको समग्र विकासमा महानगरपालिका लागिपरेको उल्लेख गरे । उनले भने, ‘भौतिक विकाससँगै मानवीय विकासमा पनि महानगर लागिरहेको छ ।’

Advertisement

विराटनगर-१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर, विराटनगर-४ दूधफारम दक्षिणमा अटिजम सेवा केन्द्र स्थापना, ट्राफिक लाइटको जडान, रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा सञ्चालनमा ल्याइएको उनले बताए ।

यस्तै बरगाछी-रानी सडक सौन्दर्यकरण जारी रहेको बताउँदै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित बनाउने अभियानमा नगरवासीले साथ दिनुपर्ने बताए ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरमा सबैभन्दा कम गुनासो १० नम्बर वडाबाट आउने गरेको सुनाइन् । अन्य वडाको तुलनामा यो वडा सबैभन्दा विकसित रहेको उनको भनाइ थियो । सोही अवसरमा उक्त वडामा २८ वर्षदेखि काम गरिरहेका कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!