संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान झुण्डिएको अवस्थामा भेटिएका छन् । सङ्खुवासभाको मादी घर भएका ३१ वर्षीय योगेन्द्रकुमार कार्की हिजो राति सवा ८ बजे तिर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

विराटनगर-१ स्थित शान्ति चोकमा रहेको डेरामा ढोकाको चुकुल लगाएर पङ्खाको हुकमा पासो लगाएर झुण्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

कार्कीकी पत्नी पनि मोरङ प्रहरीमा कार्यरत छिन् । ड्युटी सकेर डेरा फर्कएकी उनले ढोका नखुलेको र बच्चा रोइरहेको सुनेर प्रहरीलाई खबर गरेकी थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी पाउनासाथ घटनास्थलमा पुगेर ढोका फुटाएको र घटनास्थल सुरक्षित राखिएको जानकारी दिए ।

परिवारका सदस्य आइपुगेपछि कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए । आत्महत्याको कारण भने खुल्न सकेको छैन । अनुसन्धानपछि सबै कुरा खुल्ने मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!