संगालोखबर सम्वाददाता

बिराटनगर । आगामी २४ घण्टाको अवधिमा प्रदेश १ का पहाडी भू–भागमा बर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक दुई स्थानमा बर्षाको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

त्यस्तै तराई भू–भागमा बिहिबार बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाको पूर्वानुमान छ । ‘देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुँनसक्ने संभावना रहेको छ ।’ महाशाखाको मौसम पूर्वानुमान वुलेटिनमा भनिएको छ–‘प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षाको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउँनुहुन अनुरोध छ ।’

महाशाखाले अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!