संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको रंगेली नगरपालिका–२ की २१ महिने बालिकाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४६ बर्षीय सैनी उरावँ र उनकी २५ बर्षीया श्रीमती संगीता छन् । उनीहरू नातामा मृतक बालिकाका फुपू–फुपाजु पर्दछन् ।

Advertisement

स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरी खाडल खनेर पुरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

युनिशा मंसिर २६ गते घरबाट हराएकी थिइन् । हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलभित्र उनको शव भेटिएको थियो । खाल्डोमा कपडा पनि भेटिएको थियो । कपडा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न आफन्त नै रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको हत्या गर्नुको कारण खुलिनसकेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!