संगालोखबर सम्वाददाता

धनकुटा । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका नेता सुनिल बहादुर थापा कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आइतवार साँझ सम्पन्न मतगणना अनुसार २४७२ मतसहित थापा केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

उनी केन्द्रिय सदस्यको १४ औं स्थानमा परेका छन् । धनकुटाको मुगा घर भएका थापा यसअघि कांग्रेसको सह–महामन्त्री थिए । राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्दा उनलाई कांग्रेसको सह–महामन्त्रीमा मनोनित गरिएको थियो ।

देउवा पक्षमा रहेका थापा महाधिवेशनमा आकांक्षी बढी भएर पदाधिकारीको सूचिमा नपरेपछि केन्द्रिय सदस्यको उम्मेद्वार बनेका थिए ।

राप्रपाका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिल कांग्रेसभित्र पहिलो पटक चुनाव भिडेका हुन् । उनी कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित धनकुटाका पहिलो नेता भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!