संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा अहिले ९५ जना सक्रिय कोरोना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित झापा र मोरङमा मात्र देखिएका छन् ।

Advertisement

मोरङमा १० र झापामा १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रङ्गेली, धनपालथान र बेलबारीमा १/१ तथा झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेशमा आजै २० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!