संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ मा बुधबार बिहान एक बृद्ध मृत फेला परेका छन् । धनकुटा नगरपालिका–१ हिलेका ६५ बर्षीय मानबहादुर दर्जी बाटोमा मृत भेटिएका हुन् ।

बृद्ध दर्जी मंगलबार बेलहारामा आफन्तको बिहेमा गएका थिए । साँझ उत्तरपानीसम्म गाडीमा आएर त्यहाँबाट हिड्दै घरतर्फ लागेका थिए । तर, उनी घरनै नपुगी बाटोमै मृत अवस्थामा भेटिएका हुन् । बिहान करिब ८ बजे स्थानीयबासीले बृद्ध दर्जीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

बाटोमा कोल्टो परेर सुतेको अवस्थामा बृद्धको शव भेटिएको धनकुटाका प्रहरी निरीक्षक काँशीनाथ रेग्मीले बताए । उनी उच्च रक्तचापका विरामी पनि थिए । राती चिसोले कठ्यांग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘उहाँले मादक पदार्थ पनि सेवन गर्ने गर्नु भएको रहेछ,’ प्रहरी निरीक्षक रेग्मीले संगालोखबरसँग भने, ‘ब्लड प्रेसरको समस्याले वा मादक पदार्थको नसाले बाटोमा सुत्दा राती चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो कि भन्ने अनुमान गरेका छौं ।’

मृतक दर्जीको शवलाई धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!