संगालोखबर सम्बाददाता

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा श्रृंखलाबद्ध चोरीमा संलग्न दुई किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी–१ का १९ बर्षीय निमा तामाङ र सन्तोष सुब्बा छन् ।

Advertisement

उनीहरुले विभिन्न समयमा नगद, मोबाईल, सवारी साधन, गरगहना चोरी गरेको आरोप छ । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोवाईल, एउटा ट्याब्लेट, एउटा चाँदीको सिक्री र गाडीको चाबी बरामद गरेको छ ।

प्रहरीका अनुसार यसअघि निमालाई पथरी शनिश्चरेबाट डाका मुद्धामा जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्रसमेत पठाईएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!