संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी र सन्तोष रुचाल प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रेस चौतारीले पत्रकार अधिकारी र रुचाललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

Advertisement

केन्द्रिय कमिटीले दुवै पत्रकारलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरेको चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पत्रकार अधिकारी प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य हुन् भने रुचाल प्रेस चौतारी धनकुटाका अध्यक्ष हुन् ।

योसँगै अहिले प्रेस चौतारीको केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने धनकुटाका पत्रकारको संख्या तीन पुगेको छ । चौतारीको गत महाधिवेशनबाट नैन विश्वकर्मा पनि केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!