संगालोखबर सम्बाददाता

इटहरी । सुनसरीको इटहरीमा यहि माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो ।

Advertisement

कोभिड–१९ का कारण थला परेको खेल क्षेत्र बिस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेल क्षेत्रको बिकासमा थप सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ । प्रतियोगिताबारे जानकारी दिदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताउदै त्यसैको निरन्तरता स्वरूप खेल बिकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको सफलताको शुभकामना दिदै उपप्रमुख गौतमले नगरपालिका गोल्डकपले नगरपालिकाहरूले खेलक्षेत्रमा गरेका कार्यहरूको मूल्यांकनसमेत हुने बताइन् । उनले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागीता जनाउने बताउदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिइन् ।

हालसम्म प्रतियोगीतामा ८ वटा नगर सहभागीताका लागि इच्छुक रहेको आयोजकको भनाइ छ । इटहरीस्थित जनता मा.वि.को खेलमैदानमा सञ्चालन हुने प्रतियोगीताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!