संगालोखबर सम्बाददाता

विराटनगर । रघुपति जुट मिल्स लिमिटेडले आफ्नो स्थापनाको ७५ वर्ष पुरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ । मिल्सका संस्थापक स्व.रामलाल गोल्छाको जन्मदिनको अवसर पारेर आज मिल्समा रक्तदान कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा मिल्सका ७६ जना कामदार तथा कर्मचारीहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्योगको निरीक्षण साथै उद्योग परिसरमा बृक्षारोपण गरेका छन् । मन्त्री यादवले जुटवाली र जुट उद्योग प्रदेशको विशिष्ट पहिचानसमेत रहेकाले जुटवाली विकास र उद्योगको सञ्चालनमा सहयोग गर्न प्रदेश सरकार सधै तत्पर रहने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नंम्बर १७ का वडाध्यक्ष समिम कमर, उद्योगका संचालक राज कुमार गोल्छा, कार्यकारी संचालक अश्विनी गोल्छा, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार अग्रवाल, प्रवन्धक श्याम कुमार आचार्यसहित उद्योगका कामदार/कर्मचारी साथै ट्रेड युनियन प्रतिनिधिहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!