इटहरीमा आगलागी, सात करोड बढी क्षति भएको अनुमान

इटहरीमा आगलागी, सात करोड बढी क्षति भएको अनुमान

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सा...
मोरङको बूढीगंगा गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो । शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागी सा...
पाँचथरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पाँचथरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् । बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् । घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद...
झुन्डिएको अवस्थामा महिलाको कङ्काल फेला

झुन्डिएको अवस्थामा महिलाको कङ्काल फेला

इलाम।तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी का...
उदयपुरमा फोटो पत्रकार संगठित

उदयपुरमा फोटो पत्रकार संगठित

उदयपुर, २९ असार । उदयपुरका फोटो पत्रकारहरु संगठित भएका छन । नेपाली फोटो पत्रकारहरुको साझा संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को उदयपुर शाखा बिस्तार भएको हो । रेडियो नेपालका उदयपुर प्रतिनिधि गजेन्द्र राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा रेडियो उदयपुरकी समाचार संयोजक अप्सरा समाल चयन भएकी छन् । त्यस्तै त्रियुगा एक्सप्रेस दैनिकका कार्यका...
वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

सिधुवा (धनकुटा), २९ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का नव निर्वाचित वडाध्यक्ष दिलबहादुर थापाले सिधुवाको सिंहदेवी युथ क्लवलाई खेलकुद सामाग्री प्रदान गरेका छन । एक कार्यक्रमको आयोजना गरी चुनाव अघि गरेको वाचा बमोजिम वडाध्यक्ष थापाले क्लवलाई फुटबल, जर्सीसहित अन्य खेल सामाग्री प्रदान गरेका हुन । वडाअध्यक्ष थापाले २ थान फुटबल, एक÷एक सेट फुटबल जर्सी तथा अन्य सामाग्री प्रदान गरेको कार...
श्रमशोषण गरेको भन्दै,म्यादी प्रहरीहरू आन्दोलित

श्रमशोषण गरेको भन्दै,म्यादी प्रहरीहरू आन्दोलित

बेलबारी –  सहमति अनुसार सेवा सुबिधा नपाएको भन्दै मोरङमा कार्यरत रहेका म्यादी प्रहरीहरु आन्दोलित भएका छन । मोरङको बेलबारीमा भेला भएका म्यादी प्रहरीहरुले आफुहरुलाई काम लगाएर सरकारले नै श्रमशोषण गरेको आरोप लगाएका छन । शुरुमा ५५ दिनका लागी भनेर भर्ना भएका म्यादी प्रहरीलाई सो बापत ५७ हजार दिने सहमति भएको थियो । पछि सरकारले म्याद बढाएर ३ महिनाका लागी काम लगाएपनि ७५ हजार ९ सय मात्र दिएको भन्दै सेवा सु...
धनकुटाका १८ वर्षीय रुद्रबहादुर १० वर्षदेखि खोरभित्रै जिउन बाध्य

धनकुटाका १८ वर्षीय रुद्रबहादुर १० वर्षदेखि खोरभित्रै जिउन बाध्य

धनकुटा । हेर्दा कलिलो देखिने पशु झैँ अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् । धनकुटा नगरपालिका–३ सिप्तेनमा गरिब परिवारमा जन्मिएका रुद्र बाँस र टिनले बारिएको चौघेरामा दैनिकी बिताइरहेका छन् । बिहान सबेरै खोलेफाँडो खुवाएर अरूको मेलापात धाउने बाबुआमा रुद्रबहादुरलाई खोरमा थुनेर साँझ अबेर मात्र घरमा आउने गरेको बताउ...
राजविराज र रुपनीका एकदर्जन औषधि पसल बन्द

राजविराज र रुपनीका एकदर्जन औषधि पसल बन्द

राजविराज । औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ । फार्मेसी अधिकृत विजय कार्क...
उदयपुरमा अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी

उदयपुरमा अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी

उदयपुर। उदयपुरमा सोमबार राति अज्ञात समूहद्वारा स्कूल बसमा आग्जनी गरेको छ । त्रियुगा नगरपालिका–४ सल्लाघारी, बगाहामा अवस्थित क्रिमशन एकेडेमी प्रा.लि.को को.१ ख ५०४० नम्बरको स्कूल बसमा सोमबार राति अन्दाजी साढे दश बजेको समयमा आग्जनी गरेको हो । स्कुल बस विद्यालयको प्राङ्गनमै रहेको अवस्थामा अज्ञात समूहले राति आग्जनी गरेको थियो । आग्जनीबाट बसको गियर बस्क, स्टेरिङ, बसको फाइबर, बसको सिटको साथै बसको इन्जिन ...
बसको ठक्करबाट मृत्यु

बसको ठक्करबाट मृत्यु

दमक । यात्रुवाहक बसको ठक्करबाट झापाको दमकमा आज बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मोरङ, राजघाटका ५५ वर्षीय नरबहादुर श्रेष्ठ छन् । पूर्वपश्चिम राजमार्गको चियादोकान सडक खण्डमा विराटनगरबाट झापाको काँकभिट्टातर्फ आइरहेकोे को १ ख ४४६८ नंको बसले सोही दिशातर्फ आइरहेको को २१ प ४६२३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते श्रेष्ठको ...
झापामा बाढीले २७७ घर जोखिममा

झापामा बाढीले २७७ घर जोखिममा

झापा । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।  नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ । खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको...
इटहरी : बन्दकर्ता चार पक्राउ

इटहरी : बन्दकर्ता चार पक्राउ

इटहरी।  नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्था बाहेक अधिकांश शैक्षिक प्रतिष्ठान बिहानैदेखि बन्द छन् । बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, सङ्खुवासभा चैनपुर– ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा बिर्तामोडका ...
किन हामफाले कोशी नदीमा  इच्छाबहादुर हमाल ?

किन हामफाले कोशी नदीमा इच्छाबहादुर हमाल ?

इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ । सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ ।
राजविराज जेसिज भवनमा आगजनी

राजविराज जेसिज भवनमा आगजनी

राजविराज । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ । सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ । यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्...
चानुवामा निःशूल्क स्वास्थ्य शिविर

चानुवामा निःशूल्क स्वास्थ्य शिविर

धनकुटा, २६ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा पाठेघर र आङ्ग खस्ने रोग सम्वन्धी एकदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विजयपुर हस्पिटल प्रा.लि. धरानको प्राविधिक सहयोगमा सामुदायिक सचेतना र विकासका लागि महिला समूह धनकुटाले शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर उद्घाटन गर्दै सांसद अञ्जना ताम्लीले विभिन्न रोगको पूर्व लक्षणवारे जानकारी नहुनु र जानकारी भएपनि समयमै उपचार...
कीर्ते नागरिकताका आरोपी जेल चलान

कीर्ते नागरिकताका आरोपी जेल चलान

दमक। नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो। जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश...
सप्तरीका बाढी पीडितलाई राहत वितरण

सप्तरीका बाढी पीडितलाई राहत वितरण

राजविराज।एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् । मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दर...
सोलुखुम्बुका अधिकांश ग्रामीण सडक अवरुद्ध

सोलुखुम्बुका अधिकांश ग्रामीण सडक अवरुद्ध

सोलुखुम्बु। वर्षातका कारण कच्ची बाटो भत्किँदा तथा हिलाम्मे हुँदा सोलुखुम्बुको ग्रामीण भेगमा सञ्चालन हुने अधिकांश सडक यातायात अवरुद्ध भएको छ। जिल्ला सदरमुकामसम्म पुग्ने कालोपत्रे सडक सञ्चालनमा रहेको भए पनि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन्। सदरमुकामबाट नेले हुँदै तीनवटा गाउँपालिकामा पुग्ने सडकमार्ग गार्मामा हिलो तथ...
रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द

रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द

इलाम । रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको हो । रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ तारिख त...
विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

विराटनगर ।  विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए । त्यस्तै, ...
ओलीले भने ‘जित होस त धनकुटाको जस्तो’

ओलीले भने ‘जित होस त धनकुटाको जस्तो’

धनकुटा, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका सातवटै स्थानीय तहमा विजयी हुन सफल एमाले धनकुटाबाट पाठ सिकेर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन । चुनावमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन धनकुटा आईपुगेका एमाले अध्यक्ष ओलीले शनिवार विजय सभालाई संबोधन गर्दै सवै स्थानीय तहमा जित्न सफल धनकुटाबाट पाठ सिकेर सफलताको बाटोमा अघि बढ्न देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका हुन । ‘...
धनकुटामा एमालेको विजय उत्सव (फोटो फिचरसहित) 

धनकुटामा एमालेको विजय उत्सव (फोटो फिचरसहित) 

धनकुटा, २४ असार । धनकुटाका सात वटै स्थानीय तहमा विजय प्राप्त गरेको नेकपा एमालेले आज जिल्ला सदरमुकाममा विजय सभा आयोजना गरेको छ । स्थानीय त्रिवेणी स्कुलको प्राङ्गणमा दिउँसो करिव २ बजेबाट सभा सुरु भएको हो ।  सभालाई एमालेका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश संयोजक भीम आचार्य, केन्द्रिय सदस्य एवं प्रचार विभागका उप–प्रमुख सूर्य थापा लगायत नेताहरुले संवोधन गरेका छन । सभालाई एमाले अध्यक्ष एवं पूर्व प...
धनकुटामा एमालेको विजय सभा हुदै, केपी ओली आउँने

धनकुटामा एमालेको विजय सभा हुदै, केपी ओली आउँने

धनकुटा, २४ असार । धनकुटाका सात वटै स्थानीय तहमा विजय प्राप्त गरेको नेकपा एमालेले आज जिल्ला सदरमुकाममा विजय सभा गर्दैछ । स्थानीय त्रिवेणी स्कुलको प्राङ्गणमा दिउँसो हुने सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आउँदैछन । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली राजधानीबाट आज बिहान बिराटनगर बिमानस्थल हुँदै धनकुटा आउँने कार्यक्रम छ । धनकुटामा एमालेले ऐतिहासिक विजय प्राप्त गरेपछि त्यसको खुशियालिमा हुन...
झापामा एमालेकाे बिजयी उत्सवमा प्रयाेग गरिएकाे जिप झापामा दुर्घटना हुदा २४ जना घाइते

झापामा एमालेकाे बिजयी उत्सवमा प्रयाेग गरिएकाे जिप झापामा दुर्घटना हुदा २४ जना घाइते

झापा । नेकपा एमाले भद्रपुरबाट बिजयी उम्मेद्वारहरू बाेकेर बिजयी उत्सवकालागि सडकमा गुडेकाे जिप शुक्रबार दिउसाे झापाकाे भद्रपुर २पृथ्वीनगरको कमलधाप क्षेत्रमा दुर्घटना हुदा २४ जना एमालेका कार्यकर्ताहरू घाइते भएका छन । क्षमता भन्दा तेब्बर यात्रु बाेकेर बिजयी उत्सवमा निस्केकाे  मे १ ज १२२४ नम्बरको महेन्द्र जिप सडक किनारमा पल्टिएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुर्टनामा घाइ...
प्रधानमन्त्री र गृहमन्त्रीको टोली सप्तरीमा

प्रधानमन्त्री र गृहमन्त्रीको टोली सप्तरीमा

सप्तरी।  सप्तरीमा केहि दिनयताको वर्षापछि आएको बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जर्नादन शर्मा सप्तरी पुगेका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्न प्रधानमन्त्री देउवासहित गृहमन्त्री शर्माको टोली आज बिहान १० बजे सप्तरी आएका हुन् । प्रधानमन्त्रीको टोलीले सप्तरीको खाडो खोलाले पुर्याएको क्षती, लोहजारा गाविसस्थित मैनाकडेरी र रघुनाथपुरम...
इलामका किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

इलामका किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

इलाम । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्रयाक्टर उपलब्ध गराएको हो । खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टर...
इनरुवामा करेन्ट लागेर महिलाको मृत्यु

इनरुवामा करेन्ट लागेर महिलाको मृत्यु

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५४ वर्षीया सीता उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उहाँको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
मोरङको  रंगेली नगरपालिकामा माअाेवादी विजयी

मोरङको रंगेली नगरपालिकामा माअाेवादी विजयी

माेरङ।  माेरङको रंगेली नगरपालिका मेयरमा माअाेवादीका उम्मेदवार  दिलिपकुमार अग्रवालले जित हासिल गरेका छन् । अग्रवालले १८८२ मतान्तरले प्रतिद्वन्द्वी  का‌ंग्रेसका उम्मेदवार  मोदराज घिमिरेलाई  हराएका हुन् । अग्रवालले ८०६८ मत प्राप्त गरेका छन् भने का‌ंग्रेसका उम्मेदवार घिमिरेले ६१८६ मत पाएका छन् । त्यसैगरी, उपमेयरमा पनि माअाेवादी केन्द्रकी केशवकुमारी खरेलले बाजी मारेकी छन् । उनले  ५७२० मत पाएकी छन् ...
गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

इलाम।   इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग ...
जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

लहान। सिरहाको लहान नगरपालिका–६ की एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बुधबार साँझ एक युवक पक्राउ परेका छन् । करिब ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको भगवानपुर गाउँपालिका–२ निवासी २० वर्षीय अरुण यादव पक्राउ परेका हुन् । पीडितको जाहेरीका आधारमा यादवलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
error: Content is protected !!