- संगालोखबर सम्वाददाता

उदयपुर, २९ असार । उदयपुरका फोटो पत्रकारहरु संगठित भएका छन । नेपाली फोटो पत्रकारहरुको साझा संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को उदयपुर शाखा बिस्तार भएको हो ।

रेडियो नेपालका उदयपुर प्रतिनिधि गजेन्द्र राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा रेडियो उदयपुरकी समाचार संयोजक अप्सरा समाल चयन भएकी छन् ।

Advertisement
राष्ट्रिय फोटो पत्रकार समूह उदयपुरका पदाधिकारीहरु ।

त्यस्तै त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक एवं संगालोखबरका उदयपुर प्रतिनिधि देबराज राई सचिवमा चयन भएका छन । त्यस्तै सह–सचिवमा रेडियो त्रियुगाका समाचार प्रमुख इश्वर बलम्पाकी र कोषाध्यक्ष बेलका टाइम्सकी प्रकाशक गंगा राई चयन भएकी छन् ।

समितिको सदस्यहरुमा बिक्रम राई, चित्रकुमार कार्की, राकेश नेपाली र यशोदा पोखरेल चयन भएको एनएफपीजेका कन्द्रिय सचिव प्रदीपराज वन्तले जानकारी दिए । कार्यक्रममा बोल्ने बक्ताहरुले परिवर्तीत सामाजिक सोँच र वातावरण अनुसार अब सूचनाका लागि अक्षर मात्र पर्याप्त नभएको टिप्पणी गरेका थिए ।

घोषणा कार्यक्रमपछि सामूहिक तस्वीर खिचाउदै सहभागी ।

फोटा नभएको समाचारप्रति धेरै पाठकहरुले विश्वास गर्न छाडेको भन्दै समाचारलाई थप सन्तुलित, विश्वसनीय र प्रभावकारी बनाउन समाचारसँगै फोटोको ठूलो भूमिका रहनेमा उनीहरुको जोड थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!