राजविराज । सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो । शौच गर्न कोशी नदीको किनार जानेक्रममा उनी खाल्डोमा डुबेका थिए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।