बेलबारी – सहमति अनुसार सेवा सुबिधा नपाएको भन्दै मोरङमा कार्यरत रहेका म्यादी प्रहरीहरु आन्दोलित भएका छन ।
मोरङको बेलबारीमा भेला भएका म्यादी प्रहरीहरुले आफुहरुलाई काम लगाएर सरकारले नै श्रमशोषण गरेको आरोप लगाएका छन ।
शुरुमा ५५ दिनका लागी भनेर भर्ना भएका म्यादी प्रहरीलाई सो बापत ५७ हजार दिने सहमति भएको थियो ।
पछि सरकारले म्याद बढाएर ३ महिनाका लागी काम लगाएपनि ७५ हजार ९ सय मात्र दिएको भन्दै सेवा सुबिधा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
सरकारले ९० दिन काम लगाएर काम गरे बापतको रकम नदिएर आफुहरुको श्रमशोषण गरेको भन्दै काम गरेको सम्पुर्ण रकम उपलब्ध गराउन समेत माग गरेका छन ।