छिन्ताङ्गबाट ४५ किलो गाँजा बरामद
धनकुटा, १२ साउन । धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका–२ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ ।
खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय झलकमान राईले स्थानीय एक बृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले झलकमानलाई खोजतलास गर्ने क्रममा उनको गोठमा लुकाई राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो ।
गाँजासहित झलकमानकी श्रीमति क...

