- संगालोखबर सम्वाददाता

धनकुटा, ३० असार । युवा प्रतिभा तथा सफल उद्यमीको खोजी र प्रोत्साहन गर्ने उद्धेश्यले धनकुटामा शुक्रवार तीन जना युवा प्रतिभा तथा उद्यमीलाई सम्मान गरिएको छ ।

जिल्ला युवा समितिको कार्यालय धनकुटाले खेल, साहित्य र उद्यमको क्षेत्रका उत्कृष्ठ एक÷एक जनालाई सात÷सात हजार नगदसहित पुरस्कृत गरेको हो ।

युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम गरी खेलक्षेत्रमा योगदान पुर्याएको भन्दै धनकुटा नगरपालिका–१ हिलेकी दरिमाया तामाङ्ग र साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै चौबिसे गाउँपालिका–३ का उत्तमबहादुर लिम्बुलाई सम्मान एवं पुरस्कृत गरियो ।

सम्मानितहरु वाँयाबाट क्रमसः उत्तम लिम्बु, दरिमाया तामाङ्ग र लेखनाथ पौडेल । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै बाख्रापालनको माध्यमबाट उद्यमको क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै महालक्ष्मी–४ स्थित देवी गोविन्द कृषि फर्मका सञ्चालक लेखनाथ पौडेललाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले तीनै जनालाई प्रमाणपत्र र दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै धनकुटा नगरका मेयर तामाङ्ग, उप–मेयर शकुन्तला बस्नेत, महालक्ष्मी नगरका मेयर नेपाल, उप–मेयर मञ्जु अधिकारी, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छारा, धनपा ४ का वडाध्यक्ष जम्सेर राई लगायतले प्रतिभावान र केही गर्छु भनेर लागेकाहरुलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

अतिथिहरुसँग सामुहिक फोटो खिचाउँदै सम्मानीत एवं तालिममा सहभागिहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

यसैवीच जिल्ला युवा समितिको सहयोगमा हाइटेक मोवाइल इन्स्टिच्युट एण्ड सप्लायर्सले सञ्चालन गरेको तीन महिने मोवाईल मर्मत तालिममा सहभागिहरुलाई सोही अवसरमा प्रमाणपत्र प्रदान गरिएको छ ।

तालिममा सहभागि १० जनालाई प्रमाणपत्र प्रदान गरिएको प्रशिक्षक रिदम श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!