झापा । नेकपा एमाले भद्रपुरबाट बिजयी उम्मेद्वारहरू बाेकेर बिजयी उत्सवकालागि सडकमा गुडेकाे जिप शुक्रबार दिउसाे झापाकाे भद्रपुर २पृथ्वीनगरको कमलधाप क्षेत्रमा दुर्घटना हुदा २४ जना एमालेका कार्यकर्ताहरू घाइते भएका छन ।

Advertisement

क्षमता भन्दा तेब्बर यात्रु बाेकेर बिजयी उत्सवमा निस्केकाे  मे १ ज १२२४ नम्बरको महेन्द्र जिप सडक किनारमा पल्टिएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

दुर्टनामा घाइते हुनेहरूमा भद्रपुर २ बस्ने निमा शेर्पा, शिवप्रसाद अधिकारी, दधुराम राई, कृष्णबहादुर दर्जी, हर्क भुजेल, पूर्णबहादुर लिम्बु, कैलाश राणामगर, सानबहादुर लिम्बु भद्रपुर १ बस्ने गिरीराज श्रेष्ठ, किशोर बस्नेत, रणबहादुर खडका, भक्त प्रधान, रणमाया श्रेष्ठ, सृजन प्रधान, सुस्मा प्रधान, विष्णुमाया अधिकारी, इन्द्रकुमारी भण्डारी, विष्णु गौतम त्यसैगरी भद्रपुर ३ बस्ने फिपरानी लिम्बु, धनपति वास्कोटा, निता मगर, गिता गुरुङ्ग, भद्रपुर ६ बस्ने होमबहादुर भटटराई र भद्रपुर ७ बस्ने हितराज पोखरेल घाइते भएको प्रहरीले जनाएकाे छ ।

जिप दुर्घटना हुदा घाइते अधिकांसकाे हात खुट्टा भाचिएकाे प्रहरीले जनाएकाे छ । उनिहरूकाे भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!