राम्रो उपचारको खोजिमा रहेका राई भन्छन् ‘ढुंगा खोज्दा देउता मिल्यो नोबेल’ (भिडियो रिपोर्टसहित)
विराटनगर, ३० फागुन । लेटाङ नगरपालिका–१ थामडाँडाका कोशीकुमार राई भाचिएको खुट्टाको उपचारकालागि धेरैवटा अस्पताल पुगे । उपचारका लागि १० लाख भन्दा बढी खर्चिए । तर, भाचिएको खुट्टाले टेक्न मिल्नुको सट्टा उल्टै पीडा बल्झियो ।
राम्रो उपचारको खोजिमा भौतारिरहेका राईकालागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल ‘ढुंगा खोज्दा देउता मिल्यो’ भन्ने उखान जस्तै बनेको छ । अरु अस्पतालमा लाखौं खर्चिएर उपचार गराउँदा पनि ...






























