इलाम, २८ फागुन ।  इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट रु १० लाखबराबरको घर, रु तीन लाख नगद, रु ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो ।

Advertisement

आगो के कसरी लागेको भन्ने पहिचान हुन भने नसकेको उहाँले बताउनुभयो । “घरमा बत्ती पनि नभएको र आगो पनि नबालेको समयमा आगलागी हुनु आश्चर्यजनक रहेको छ”, उहाँले भन्नुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!