सुनसरी,२७ फागुन ।  पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथमु र धनकुटाका बासिन्दालाई तराई झर्ने छोटो दुरीको कोशी करिडोर सडक आयोजना निर्माण प्रक्रिया सुरु भएको छ ।

सुनसरीको बराहक्षेत्रस्थित चतरादेखि पाँचथरको सिमावर्ती प्राङ्बुङको गणेशचोक सम्मको १ सय ४५ किलोमिटरको कोशी करिडोर आयोजना ३० महिना भित्र सम्पन्न गर्न ठेक्का पक्रिया सुरु भएको आयोजनाका बरिष्ठ इन्जिनियर अभिनव मुल्मीले बताए ।
ईन्जिनियर मुल्मीका अनुसार प्रस्तावित तमोर जलाशययुक्त आयोजना भन्दा माथि कोशी र तमोरको किनारै किनार निर्माण गरिन लागेको हो । २ लेनको उक्त सडकको ट्रयाक खोल्न र स्तर उन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको हो । निर्माणमा करिब ७ अर्ब लागत अनुमान गरिएको छ ।
७ प्याकेजमा सडक बिस्तार गर्ने तयारी अनुसार रसुवा टुण्डी, श्रेष्ठ एपेक्स, लामा कम्पनी, कालिका ट्रेडिङ महालक्ष्मी जेभी, शर्मा कम्पनी निर्माणमा छनौट भएका छन् । यो मार्ग पूर्वी पहाडका बासिन्दालाई तराई जोड्ने छोटो सडक खण्डको रुपमा लिएको छ ।
७ मध्ये ५ प्याकेजको ठेक्का सम्झौता हुन लागेको इन्जीनियर मुल्मिले बताए । पूर्वबाट काठमाडौं जान समेत यो सडक छोटो हुनेछ ।

 

Advertisement

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!