संगालोखबर सम्वाददाता

विराटनगर, २६ फागुन । सम्भावित लेडि जेसिज धनकुटाले मुलघाट स्थित बिश्रान्ती बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर जेसिजले बृद्धबृद्धालाई खाद्यान्न र फलफुल प्रदान गरेको हो ।

Advertisement

जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठको नेतृत्वमा गएको टोलीले ४५ जना बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको जेसिजका महासचिव सावित्रा राईले संगालोखबरलाई जानकारी दिईन् । गत भदौबाट सुरु भएको यो सस्थाले सामाजिक क्षेत्रमा बिभिन्न काम गर्दै आएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्…

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!