धनकुटा, २९ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् ।

ना.५ ख.१९३६ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

Advertisement
घण्टेमा दुर्घटना भएको ट्रक ।


दुर्घटनामा परी ट्रकचालक रामेछाप मन्थली–७ का ४५ बर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० बर्षीय समन तामाङ, स्काभेटर लिएर आएका बाग्मती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाईते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!