भोजपुर, २७ फागुन । भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठेमा एक दम्पति मृत भेटिएका छन् ।

तीन दिन अघिदेखि वेपत्ता भएका ४२ वर्षीय प्रेमकुमार राई घरदेखि करिब २ सय मिटर टाढा आफ्नै पेन्टको बेल्टको पासो लगाएर झुण्डिएको र बेल्ट चुँडिएर घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

घटनास्थल पुगेर प्रहरीले श्रीमानको मुचुल्का तयार गर्दै गर्दा उनकी ३९ वर्षीया श्रीमती फुलकुमारी राई पनि हराएपछि खोजी गर्दै जाँदा घटनास्थलभन्दा करिब एक सय मिटर तल झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।

दुवै जनाको शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!