विराटनगर, ३० फागुन । लेटाङ नगरपालिका–१ थामडाँडाका कोशीकुमार राई भाचिएको खुट्टाको उपचारकालागि धेरैवटा अस्पताल पुगे । उपचारका लागि १० लाख भन्दा बढी खर्चिए । तर, भाचिएको खुट्टाले टेक्न मिल्नुको सट्टा उल्टै पीडा बल्झियो ।

राम्रो उपचारको खोजिमा भौतारिरहेका राईकालागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल ‘ढुंगा खोज्दा देउता मिल्यो’ भन्ने उखान जस्तै बनेको छ । अरु अस्पतालमा लाखौं खर्चिएर उपचार गराउँदा पनि निको नहुँदा समस्या झेल्दै आएका वेला नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि राईलाई ‘देउता’ भेटिएजस्तो भएको हो । ‘उपचारका लागि धेरैतिर धाउँदा पैसामात्र सकियो, तर, निको भएन ।’ राईले भने ‘अहिले नोबेल अस्पतालले निःशुल्क उपचार गर्दिएपछि साच्चै नै ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ ।’

Advertisement
नोबेल अस्पतालमा उपचारका लागि आएका राई ।

चार बर्ष अघि डाले घाँस काट्न रुखमा चढेका वेला हाँगो भाचिएर लड्दा राईको दाहिने खुट्टा भाचिएको थियो । त्यसपछि उनले पूर्वका बिभिन्न अस्पतालमा पुगेर उपचारका लागि लाखौं रकम खर्चिए । मोरङ, सुनसरी र झापाका बिभिन्न अस्पतालमा पुगे । अप्रेसनमात्रै ६ पटक गरियो । भाचिएको खुट्टामा लगाएको स्टीलमा खिया लागेर पीडा बल्झिएका राईलाई अहिले भने राहत मिलेको छ । लामो समय असफल उपचारको पीडा भोग्दै आएका राई अहिले भने खुःशी छन् । राम्रो उपचारको खोजिमा नोबेल आईपुगेका राईले राम्रो मात्र नभएर निःशुल्क उपचार पाएपछि अहिले खुःशीको सिमानै छैन ।

नोबेल अस्पताल परिषरमा भेटिएका राईले धेरै अस्पताल धाउँदा निको नभई पैसा मात्र खर्च भएको पीडा सुनाउँदै भने ‘बल्ल सहि ठाउँमा आईपुगेछु ।’ कमजोर आर्थिक अवस्था थाहा पाएर नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले राईलाई निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् । उपचार मात्र नभएर राईलाई नोबेलले औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

उपचारका लागि नोबेल अस्पताल आईपुगेका राई ।

धेरै अस्पतालमा उपचारकालागि धाउदा–धाउदै पैसा सकिएपछि राईसँग उपचार गर्ने पैसा थिएन । खुट्टाको पीडा भने झन–झन बढ्दै गएकाले अव के गर्ने भन्ने अन्यौलता बढ्दै गएर उनी चिन्तित थिए । तर, नोबेल अस्पतालले निःशुल्क उपचार गर्दिएपछि राईको यो समस्या समाधान हुँदै गएको छ । खुट्टा भाचिएको ठाउँमा हड्डी पाक्ने रोग बढ्दै गएकाले लामो समयसम्म पनि ठिक नभएको नोबेल अस्पतालका डा.रञ्जिव झाले बताए ।

उनका अनुसार भाचिएको ठाउँको मरेको हड्डी निकालेर ईलिजारोभ प्रबिधिबाट उपचार भईरहेको छ । अहिले नयाँ हड्डी पलाउँदै गएकाले खाली रहेको भागमा हड्डी पुरा भएपछि खुट्टा ठिक हुने डा. झा बताउँछन् । खुट्टा निको हुँदै गएपछि अहिले बैसाकीको सहायतामा राईलाई हिडडुल गर्न सहज भएको छ । राईजस्ता धेरै विपन्न विरामीको नोबेल अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!