- देवकला कार्की/संगालोखबर

धनकुटा, २८ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवस तथा बार्षिक उत्सवको अवसरमा जग्गादातासहित बिभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ । गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गर्ने धनमाया सिंजाली, निरकुमारी मगर, ईन्द्रबहादुर कार्की, अमरवहादुर मगर, रेखा लिम्वु र पासी शेर्पालाई सम्मान गरिएको हो ।

यसैगरि गाउँपालिका निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने १७ जनालाई पनि सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता टेकवहादुर घिसिङ्गले वताए । सम्मानितहरुलाई प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु लगायतले सम्मानपत्र तथा दोसल्ला प्रदान गरेका थिए ।

Advertisement
कार्यक्रम उद्घाटन गर्दै प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुली । तस्वीर : देवकला कार्की/संगालोखबर

यस्तै पूर्वगाविस अध्यक्ष तथा उपाध्यक्षलाई सम्मान गरिएको छ । उत्कृष्ठ शिक्षक तर्फ नवनिकेतन प्राविका शिक्षक रोमवहादुर बाजिम्पाक र उत्कृष्ठ कर्मचारी तर्फ छथरजोरपाटी गाउँपालिकाका नासु उपेन्द्रवहादुर श्रेष्ठलाई नगद ५ हजार ५१ र प्रशंसा पत्रसहित पुरस्कृत गरियो ।

सो अवसरमा मगरजातीको हुर्रानाच, शेर्पा जातीको सेवु्रनाच, तेलियाको राधाकृष्ण भजन मण्डलीको भजनकिर्तन र नौमती वाजा प्रस्तुत गरिएको थियो । सेतो गुरास तथा सगरमाथा ईङलिस वोडिङका विद्यार्थीले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।

थप तस्वीरहरु..

तस्वीरहरु: देवकला कार्की/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!