ईश्वर थापा/संगालोखबर

धनकुटा, २७ फागुन । आईतवार साँझ परेको असिना पानीले धनकुटाको छथर जोरपाटी गाउँपालिकाक्षेत्रमा टिप्ने बेला भएको तरकारीबालीमा क्षति पुर्याएको छ । टिपेर बिक्री गर्ने बेला भएको मटर र सागबाली क्षति हुँदा लाखौँको नोक्सानी भएको कृषकहरुले गुनासो गरेका छन् ।

Advertisement

धनकुटा नगरपालिका–२ तथा छथर जोरपाटी गाउँपालिकाको २, ३, ५ र ६ नम्बर वडामा करिब आधा फिटसम्म जम्ने गरि असिना परेको छ । कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । वारीमा असिना जमेकाले लाखौँ मुल्य वरावरको तरकारीवालीमा क्षति पुगेको कृषक दीपक गुरुङले गुनासो गरे । उनका अुनसार सो क्षेत्रका डेढ सय भन्दा बढी कृषकले लगाएको तरकारीबालीमा क्षति पुगेको छ ।

धनकुटा–२ का कृषक तिलबहादुर मगरले पनि बारीमा उब्जाएको तरकारीबालीमा असिना पानीले क्षति पुर्याएको भन्दै गुनासो गरे । ‘वर्ष दिनको कमाइ असिनाले लगेर ठुलो क्षति पुर्यायो ।’ कृषक मगरले गुनासो गर्दै भने ‘मटर र साग टिप्ने बेला भएको थियो, एक्कासि असिना पानी आएर क्षणभरमै माटोमै मिलाईदियो ।’ धनकुटाका अन्य क्षेत्रमा पनि असिना पानीले क्षति पुर्याएको छ ।

जिल्लाका बिभिन्न स्थानमा असिनाले क्षति पुर्याएको जानकारी भएपनि कति क्षति भएको यकिन हुँन वाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!