- खगेन्द्रप्रसाद घिमिरे

धनकुटा, २८ फागुन । जिल्लाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा असिनाले १६ करोड वरावरको तरकारीवालीमा क्षति पुर्याएको छ । आईतवार साँझ पानीसँगै परेको असिनाले तरकारीवालीमा करोडौंको नोक्सानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

तरकारी उत्पादनको मुख्य क्षेत्र मानिने छथर जोरपाटी गाउँपालिकाको करिव १२ सय हेक्टरमा लगाईएको तरकारीबाली असिनाले सखाप बनाउँदा करिव १० करोडको क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख खगेश्वर तिम्सीनाले बताए ।

Advertisement

उनका अनुसार करिव एक करोड २० लाख किलो तरकारीमा क्षति भएको अनुमान गरिएको छ । असिनाले हरीयो मटर, काउली, रायो साग लगायत तरकारीवालीमा बढि क्षति पुर्याएको छ ।

लामो समयको खडेरीका कारण तरकारीवालीमा समस्या झेल्दै आएका किसानहरु मुखैमा आएको बालि असिनाले सखाप बनाएपछि निरास बनेका छन् । तरकारी उत्पादन गरी विदेशी बजारसम्म निर्यात हुने सो क्षेत्रका सात सय किसानको बारिमा २० घण्टा वितिसक्दा पनि असिना विलाएको थिएन । पाकेको वाली असिनाले कुटेपछि भूइभरी टुक्रटुक्रा भएर छरिएका छन् ।

यस्तै महालक्ष्मी नगरपालिका क्षेत्रमा पनि असिनाले करिव छ करोड वरावरको तरकारीवालीमा क्षति पुर्याएको छ । वडा नं. ८ र ९ मा लगाईएको मटरकोसा, रायो साग र काउलीमा असिनाले क्षति पुर्याउँदा करिव छ करोड बराबर क्षतीको अनुमान गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

‘कृषि प्राविधिकहरुलाई फिल्डमा पठाएर क्षतिको विवरण यकिन गर्न समय लाग्छ ।’ मेयर नेपालले भने ‘जीवीकोपार्जनका लागि व्यवसायिक रुपमा लगाईएको तरकारी खेती बिनास हुँदा किसानहरुको मुखको गाँस खोसिएको छ ।’

यता जिल्लाका अन्य क्षेत्रमा परेको असिना पानीले सामान्य क्षती पुर्याएको छ । लामो खडेरीका कारण समस्या भईरहेको अवस्थामा पानी पर्दा मकै, गहुँ र चैत धान लगाउन राहत मिलेको किसानहरुले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!