- संगालोखबर सम्वाददाता

धनकुटा, २८ फागुन । धनकुटा महोत्सवको आईतवार साँझको साँस्कृतिक कार्यक्रम भारी बर्षाका कारण प्रभावित बनेको छ । साँस्कृतिक कार्यक्रमकालागि गायक राजेश पायल राई धनकुटा आएतापनि कार्यक्रम भने हुन सकेन । गायक राई आउँने भनेर आयोजकले पटक–पटक माईकिङ गराएका थिए ।

गायक राई पनि बेलुका ५ बजे धनकुटा आईपुगेका थिए । तर, अविरल वर्षाका कारण सांस्कृतिक कार्यक्रम गर्न नसकिएको आयोजकले जनाएको छ ।

Advertisement

साँस्कृतिक कार्यक्रमकालागि धनकुटा आएर पनि गीत गाउँन नपाई त्यसै फर्कनु परेपछि गायक राजेश पायल राईले फेसवुक लाईभ मार्फत धनकुटेलीलाई संबोधन गरेका छन् ।

अष्ट्रेलियामा हुने साँस्कृतिक कार्यक्रमका लागि तत्काल जानुपर्ने भएकाले आफुले धनकुटा महोत्सवलाई अर्कोदिन समय दिन नसकेको राईले बताएका छन् ।

राजेश पायल राईले अरु के-के भने, लाईभ भिडियो हेर्नुहोस् ….

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!