काठमाडौं, २७ फागुन । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वीविन्दु यसअघिको पाँचथरको चिवाभञ्याङमा रहेको थियो भने अब भारततर्फबाट चिवभञ्याङ आउने सडक विस्तार नभएका कारण नयाँ विन्दु चिवाभञ्याङ नभई फालोट हुने भएको छ ।

मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु नेपालको पाँचथर र भारतको सिमाना फालोट पुराउने भएको छ । पाँचथरको च्याङथापुदेखि फालोटतर्फ नयाँ ट्रयाक खोल्नका लागि सर्वे गरिएको याङबरक १ का वडाध्यक्ष मोहन ढुंगेलले बताए । सर्वे गरिए पनि विस्तृत विवरण आउन केही समय लाग्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

Advertisement

उच्चपहाडी क्षेत्रमा पर्यटक आवागमनको सम्भावना उच्च हुने भएकाले पनि यो सडक उपयुक्त विकल्प हुने बताइन्छ । पाँच वर्षअघि चिवाभञ्याङमा लोकमार्गको ट्रयाक खुलेको थियो ।

नेपालबाट सडक विस्तार भए पनि भारततर्फ जंगल भएका कारण सडक विस्तार हुन नसकेको हो । फालोट पनि उच्चपहाडी क्षेत्रमा पर्छ ।

भारततर्फ सडक निर्माण भएको छ । सिमाना भएर सडक बनाइएको छ । च्याङ्थापुवाट मेमेङ हुदै फालोट सडक लैजानु पर्ने हुन्छ । फालोटमा दार्जिलिङ–मानेभञ्याङ–सन्दकपुर हुँदै सडक पुग्छ । सन्दकपुरदेखि २१ किमि टाढा फालोट पर्छ । चालू आवमा नै ठेक्का लगाउने तयारी भएको लोकमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।

पहाडै–पहाड पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको रुट परिवर्तन गरेर नेपाल–भारतको सिमाना फालोट पु¥याउन लागिएको हो । पुरानो संरचना बद्लन लागिएको छ । पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट यसअघि लोकमार्गको सडक संरचना रहेको थियो । भारतर्फ सडक तथा बस्ती नभएको भन्दै याङवरक गाउँपालिकाबाट घुमाएर फालोट लगिन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!