- संगालोखबर सम्वाददाता

धनकुटा, २७ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगामा आईतवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मुर्तिढुंगाका ५७ बर्षीय खम्वासिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

बर्षासँगै परेको चट्याङ लागेर तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारीपछि सिधुवाबाट प्रहरी घटनास्थल गएको थियो ।आईतवार धनकुटामा चट्याङसहित असिना पानी परेको थियो । धनकुटाका बिभिन्न क्षेत्रका किसानले लगाएको लाखौ मुल्यको तरकारीबालीमा असिनाले क्षति पुर्याएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!