भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण
भोजपुर, १० जेठ । नेपाल धितोपत्र बोर्डको आयोजनामा भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो ।
बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्क...





























