कोकिला भण्डारी/संगालोखबर

धनकुटा, ५ जेठ । सामुदायिक बन उपभोक्ता महासंघ साँगुरीगढी गाँउ महासंघको अध्यक्षमा रामु राई चयन भएका छन् । भेडेटारमा शनिवार भएको प्रथम अधिबेशनले राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा पुनम लिम्बु, महासचिवमा बिपना याखा, सचिवमा शान्ति बि.क. र कोषाध्यक्षमा जिरन लिम्बु चयन भएका छन् ।

नव गठित समितिको सदस्यमा गौरीगंगा लिम्बु, लोक बहादुर चेम्जोङ, लक्ष्मीप्रसाद राई, रन्जिता बस्नेत, भीम बहादुर लिम्बु, पदम बहादुर राई र भुवन कुमार लिम्बु चयन भएका छन् । ७ सदस्य पछि मनोनित गरिने बताईएको छ ।

यता सुरेश याम्फु संयोजक र हरिकला राई सदस्य रहेको न्यायिक समिति पनि निर्माण गरिएको छ ।

त्यस्तै भवानी प्रसाद घिमिरेको संयोजकत्वमा दीलकुमारी राई र जोस्ना राई सदस्य रहेको लेखा तथा अनुगमन समिति पनि बनाईएको छ ।

अधिवेशनमा रामकुमारी भण्डारी, भोजराज बि.क. र बालकृष्ण सुबेदी निर्बाचन मण्डलको भूमिकामा थिए ।

अधिवेशनमा साविकको खुवाफोक, डाडाँबजार, बुढिमोरङ्ग, भेडेटार, महाभारत, आहाले र फाक्सिब गाउँ महासंघका प्रतिनिधि सहभागि थिए ।

महासंघका केन्द्रिय सदस्य शिव आङ्ला, बल बहादुर राई, जिल्ला अध्यक्ष राजेन्द्र खड्का लगायतले नबनिर्बाचित टिमलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!