संगालोखबर सम्वाददाता

धनकुटा, ५ जेठ। नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटामा पक्राउ परेका आफ्ना कार्यकर्ता तत्काल रिहाईको माग गरेको छ ।

Advertisement

नेकपा धनकुटाका कार्यालय सचिव बिशालले प्रेस बिज्ञप्ती जारी गर्दै रिहाई नभए संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

गत बैशाख ३० गते गरिएको बन्दका क्रममा रुद्रवारीमा प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेको आरोपमा जेठ २ गते नेकपाका जिल्ला सदस्य बिज्ञान भनिने मोहनप्रसाद ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दकर्ता भएको आसंकामा गुठिटारका ध्यानबहादुर तामाङलाई बाघे खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई झुटा आरोप लगाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले बिरोध जनाएको हो ।

बिनाकारण सर्वसाधरणलाई पक्राउ गरी फसाउँने काम गरेर कानुनको धज्जी उडाई सरकारले देशलाई जवरजस्त द्वन्द्वमा लैजान खोजेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुलाई बिनासर्त रिहाई नगरिए नेकपा संघर्षमा उत्रने बिज्ञप्तीमार्फत चेतावनीसमेत दिईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!