तेह्रथुम, २ जेठ । तीनजुरे मिडिया ग्रुपले स्वास्थ्यमा समस्या भएका दुई महिलालाई आर्थिक सहयोग गरेको छ। पीडितलाइ सहयोग गर्ने कार्यक्रम अन्तर्गत पेटमा समस्या भएकी संखुवासभा चैनपुर ७ कि रूपा रम्तेल र मृगौला पीडित सभापोखरी गाउपालिका ६ की कविता बिकलाइ आर्थिक सहयोग गरिएको हो ।
ग्रुपमा रहेर प्रवासमा भएका सदस्यवाट संकलित ३० हजार मध्ये प्रति व्यक्ति पन्ध्र/पन्ध्र हजार रुपैया प्रदान गरिएको हो।
उक्त रकम खाँदबारी एफ एमको कार्यालयमा एक कार्यक्रम गरि पीडितका आफन्तलाई हस्तान्तरण गरिएको छ।
सहयोग रकम खाँदबारी एफएमका अध्यक्ष सरोज कुमार बज्रचार्य, स्टेशन मेनेजर कृष्णराज शाक्य, उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत रमेश भट्टराई, मिडिया ग्रुपका सल्लाहकार सागर गिरी, सदस्यहरु सुनिता कार्की र कृष्ण खत्री लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेको ग्रुपका अध्यक्ष देव बास्कोटाले जानकारी दिए।
तीनजुरे मिडिया ग्रुपले सम्पर्कमा आएका पीडितको अवस्था हेरी सहयोग गर्दै आएको अध्यक्ष वास्कोटाले बताए।