- संगालोखबर सम्वाददाता

धनकुटा, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि धनकुटामा बिहिबार साँझ दिपावली गरिएको छ ।

Advertisement

दुई ठुला कम्युनिष्ट घटक पार्टी मिलेर सिंगो कम्युनिष्ट पार्टी बनेको खुशीयालीमा स्थानीय मनदचौकमा दिपावली गरिएको हो ।

दुवै पार्टी निकट नेता कार्यकर्ताहरुले एकापसमा खुशी साटासाट गरी दिप प्रज्ज्वलन गरेका हुन् ।

सडकमा नेपालको नक्सा बनाई त्यसभित्र ने.क.पा. लेखेर वरीपरी दिप प्रज्ज्वलन गरिएको थियो । दिप प्रज्ज्वलनमा कम्युनिष्ट पार्टीमा आस्था राख्नेदेखि सांसदसम्म सहभागि थिए ।

दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले बिहीबार राजधानीमा एकीकरण घोषणा गरी नेपाल कम्युनिष्ट पार्टी निर्माण गरेका हुन् ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!