संगालोखबर सम्वाददाता

धनकुटा, २ जेठ। धनकुटामा प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेको अभियोगमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन् ।

Advertisement

नेकपाका जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझालाई धनकुटा बजारबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत बैशाख ३० गते नेपाल बन्दका क्रममा रुद्रवारीमा प्रहरीको गाडीमाथि ढुंगा प्रहार भएको थियो ।

सोहि घटनामा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।

ओझालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!