- संगालोखबर सम्वाददाता

बिराटनगर, ५ जेठ । बाल्यावस्थामै धेरैवटा रोगले सताएका छोराको उपचार गर्ने पैसा नहुँदा समस्यामा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् ।

बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिस तामाङको निःशुल्क उपचार गरेपछि तामाङ परिवारको यो समस्या समाधान भएको हो ।

Advertisement

क्षयरोग, निमोनिया र फोक्सोमा पानी जमेको समस्याका कारण सनिस बाल्यवस्थामै थलिएका थिए । दैनिक ज्यालादारी गरेर जिबिका गर्दै आएको डिकमाँयाको परिवारले छोराको उपचारका लागि धेरैवटा अस्पताल लगेपनि निको नहुँदा निरास थिए ।

तर, नोबेल अस्पतालले वालकलाई निको पार्नुमात्र नभएर उपचार पनि निःशुल्क गर्दिएपछि तामाङ परिवारलाई राहत मिलेको हो ।

निःशुल्क उपचार पाएका बालक अनिसका साथमा उनकी आमा डिकमाँया ।

नोबेलमा छोराको निःशुल्क उपचार भएपछि हर्षित हुँदै डिकमाँयाले भनिन् ‘सुनिल सरले हाम्रो पीडा बुझिदिनाले अहिले छोरा निको भएको छ ।’ पैसा नभएका कारण बच्चाको उपचार गर्न नसकेको जानकारी पाएर नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सनिसलाई निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् ।

फिदिम–४ चारबारी घर भएको तामाङ परिवारले दैनिक ज्यालादारी नगरे उनीहरुको चुलोमा आगो बल्दैन् । श्रीमान घर बनाउँने मिस्त्री काम गर्छन् भने श्रीमति पनि ज्यालादारी काम गर्छिन् ।

जिविकोपार्जनमै धौ–धौ भईरहेको तामाङ परिवारले छोराको उपचारका लागि पाँचथर र झापाका दुई अस्पतालमा लगेको भएपनि त्यहा ठिक नभएपछि नोबेल ल्याएका हुन् ।

छोराको उपचारका लागि अस्पताल चाहर्दा–चाहदै खर्च रित्तिएको अवस्थामा नोबेल अस्पतालको साथ पाउँदा धेरै राहत महसुस भएको डिकमाँयाले बताईन् ।

केहि दिनअघि पनि नोबेल अस्पतालले मोरङको पथरी शनिश्चरे–१० का ५ बर्षीय बालक सौजन लिम्बु र सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठको पनि निःशुल्क उपचार गरेको थियो ।

नोबेल अस्पतालले अनिस, सौजन र छलमाँया जस्ता धेरै बिपन्न बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

नोबेलबाट बर्षमा एक लाख तीन हजारको निःशुल्क उपचार

२०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने स्वास्थ्य शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालले जनाएको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!