संगालोखबर सम्वाददाता

धनकुटा, ४ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय ३४ बर्षीय फौदासिङ मगर र ३५ बर्षीय लाल बहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले उनीहरुलाई बिहिबार राति नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक पनि बरामद भएको छ ।

अनुसन्धानका लागि दुबै जनालाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!