- ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ जेठ । धनकुटा नगरपालिका–७ हुलाकटोलमा निर्मित चुवाको बोट ग्रीन पार्कको शनिबार उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमबीच पार्क उद्घाटन गरेका हुन् ।

Advertisement

पार्क उद्घाटन गर्दै नगर प्रमुख तामाङले धनकुटा नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लागिपर्ने बताएका छन् ।

‘धनकुटालाई पर्यटकीय गहना बनाउन यो सुरुवाती चरण हो ।’ उनले भने, ‘अब पर्यटक भित्र्याउने यस्ता धेरै काम गर्ने तयारीमा लागिपरेका छौं ।’

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रवक्ता एवं ४ नं का वडाध्यक्ष जमशेर राई, वडा नं ७ का वडाध्यक्ष जंगबहादुर राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतले चुवाको बोटमा बनेको ग्रीन पार्कले धनकुटाको पर्यटन प्रवद्र्धनमा योगदान दिने बताएका छन् ।

धनकुटा नगरपालिका वडा नं ७ ले बिनियोजन गरेको १५ लाख बजेटबाट ग्रिन पार्क निर्माण गरिएको हो ।

पार्क निर्माण समितिका अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठ र स्थानीय सुनिल डंगोलले ग्रीन पार्कले पर्यटकलाई आकर्षित गर्ने अपेक्षा लिईएको प्रतिक्रिया दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!