- संगालोखबर सम्वाददाता

धनकुटा, ३ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा आज श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । साँगुरीगढी गाउँपालिका–५ वेगनाका ४६ बर्षीय कमलप्रसाद लिम्बुले उनकै श्रीमति ४५ बर्षीया गोपीमाया लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उनले बिहान करिव ८ बजे घरको आँगनमा श्रीमतिलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको घटनास्थलमा खटिएका धनकुटाका प्रहरी निरीक्षक आमोद खेरवारले संगालोखबरलाई जानकारी दिए ।

यसैवीच काट्नबाट रोक्न खोज्दा कमलप्रसादले छिमेकी ५५ बर्षीय खड्गप्रसाद लिम्बुलाईसमेत खुकुरी प्रहार गरेका छन् ।

खुकुरी प्रहारबाट घाँटी र ढाडमा चोट लागेका उनको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने लिम्बुलाई डाँडाबजार प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

लिम्बुलाई पक्राउ गरी प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको छ । हत्याको कारण भने खुल्न वाँकी छ ।

घटनापछि धनकुटाबाट प्रहरी निरीक्षक खेरवारको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको हो । घटनास्थल डाँडाबजार प्रहरी चौकीबाट करिव ६ किलोमिटर उत्तरमा पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!