- संगालोखबर सम्वाददाता

धनकुटा, ५ जेठ । गैरसरकारी सस्था महासंघ धनकुटाको अध्यक्षमा मिनप्रसाद सुवेदी निर्वाचित भएका छन् । आज सम्पन्न ८ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा संगिता चापागाई, सचिवमा सरोजकुमार भुजेल, कोषाध्यक्षमा रेणुका कार्की र सह–सचिवमा हेममाया मादेन चयन भएका छन् ।

त्यस्तैगरी सदस्यमा टीका दर्नाल, सुर्यकला खनाल, भगवती कार्की, चन्द्र थापा र पदेन सदस्यमा सोबिस चेम्जोङ छन् ।

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, गैसस महासंघका केन्द्रिय सदस्य उमेश बि.क., पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, हुसाडेक नेपालकी उपाध्यक्ष गिता अधिकारी लगायतते नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!