पाख्रीवासमा शंकास्पद बस्तु फेला, सुरक्षा सर्तकता बढाईयो, बम डिस्पोजल टोली घटनास्थलमा
धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालय नजिक आज शंकास्पद बस्तु फेला परेको छ ।
पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय लक्षित गरी राखिएको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।
राति नै उक्त बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । शंकास्पद बस्तुको पहिचान र डिस्पोजका ल...






























