- संगालोखबर सम्वाददाता

धनकुटा, ५ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । रौतहटको बिजयपुर नगरपालिकाबाट कृषि सम्बन्धि कार्यक्रम र अवलोकन भ्रमणका लागि पाख्रीवास जाँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे कार्कीछापमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी घाईते भएका २६ जनालाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

घाईतेमध्ये रौतहटको बिजयपुर नगरपालिकाका ४३ बर्षीय जयराम यादव र ६० बर्षीय महंग रायको अवस्था गंभीर छ ।

बसमा चालकसहित ३७ जना सवार थिए । ओरालो सडकमा ब्रेक फेल भएर अनियन्त्रित भई बस सडकबाट करिव २० सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन् ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । भेडेटारबाट पनि प्रहरी घटनास्थल गएर घाईतेको उद्धार गरी उपचारका लागि धरान पठाईएको घटनास्थलमा खटिएका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले बताए ।

दुर्घटना पश्चात बस चालक सर्लाही लालबन्दी नगरपालिकाका २५ बर्षीय जगत अधिकारी सम्पर्कबिहिन रहेकाले उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्…

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

धनकुटाको कार्कीछापमा बस पल्टियो, घाईतेको उद्धार जारी

 

धनकुटाको कार्कीछापमा बस दुर्घटना हुँदा २६ जना घाईते (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!