- संगालोखबर सम्वाददाता

धनकुटा, ५ असार । धनकुटाको कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा करिव ३० जना घाईते भएका छन् ।

Advertisement

रौतहटबाट कृषि कार्यक्रमका लागि धनकुटा आउँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

बस पल्टिदा करिव ३० जना घाईते भएको दुर्घटनास्थलबाट ट्राफिक प्रहरी सूर्य शिवाकोटीले संगालोखबरलाई जानकारी दिए ।

‘गाडीमा सवार अधिकांस घाईते भएका छन् ।’ शिवाकोटीले भने ‘घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँदैछौ, घाईतेको संख्या यकिन भईसकेको छैन ।’

घाईतेलाई उद्धार गरेर उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ । भेडेटारबाट पनि प्रहरी घटनास्थल आएको छ ।

ओरालो सडकमा ब्रेक फेल भएर अनियन्त्रित भई बस सडकबाट करिव २० मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ । बसमा चालकसहित करिव ३७ जना सवार थिए ।

अपडेट समाचार हेर्नुहोस् ….

धनकुटाको कार्कीछापमा बस दुर्घटना हुँदा २६ जना घाईते (नामावलीसहित)

 

धनकुटामा यसरी पल्टियो यात्रुबाहक बस (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!