- सन्तोष रुचाल/संगालोखबर

धनकुटा, २ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ निङबारीटोलका कान्छाहाङ लिम्बूको घरमा शनिवार आगलागी हुदाँ ९ लाख बराबरको क्षति भएको छ ।

विहान करिव साँढे सात बजे घरमा कोही नभएको बेला चुल्होबाट चाङ हुदै तलामाथि सल्किएको आगोले लिम्बूको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेको नगद २ लाख ५० हजार, ४ तोला सुन, १६ तोला चाँदी, लत्ताकपडा, खाद्यान्न, भाँडा, २ थान मोवाईल लगायत सामान जलेर नष्ट भएको सिधुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भाष्कर गौतमले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट ९ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

घरका सम्पूर्ण सदस्य काममा गएको बेला आगलागी भएको थियो । ६ सदस्य रहेको लिम्बु परिवार घर जलेर नष्ट भएपछि छिमेकीको शरणबाट बस्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!