विश्वकप हेरेर फर्कँदा बाढीमा परी युवक बेपत्ता
ताप्लेजुङ, १ असार । ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् ।
फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन...































